कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी सो भित्तेपात्रो विमोचन गरिएको थियो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख अतिथ्यता र नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रिम जिसीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा कोहलपुर ईलाका प्रहरी प्रमुख ऐन बहादुर मल्ल, घरेलु महासंघ केन्द्रीय सदस्य कुबेर रिजाल, नेपालगञ्ज पालिका अध्यक्ष दिला शाह र कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डी प्रसाद गैरेले उद्योगीहरुको शौलियत ऋणको व्यवस्था सहज रुपमा हुनुपर्ने र व्यवसायीहरुलाई संरक्षण गर्नका लागि राजनितिक दलहरुले एजेण्डाको रुपमा लिनुपर्नेमा जोड दिँदै मतव्य राख्नुभएको थियो ।



यस्तै कार्यक्रममा कृषक सञ्जाल बाँकेका अध्यक्ष शेषकान्त शर्मा, केन्द्रीय महिला उद्यमी समिति कृष्णा पाठक, प्रदेश महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष शर्मिला खत्री, जिल्ला शाखा बाँके वरिष्ठ उपाध्यक्ष भागवत कंडेल, महासचिव जि.आर. भुषाल, सदस्य दिपक भण्डारी, महिला उद्यमी समिति कोषाध्यक्ष रिता चन्द, सदस्य बिष्णु चौधरी, नेपालगञ्ज पालिका अध्यक्ष दिला शाह, सदस्य किरण कार्की सो बिमोचन कार्यक्रममा उपस्थिति रहेको थियो ।

साथै नव वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको थियो । घरेलु महासंघका महासचिव सी.एम. उपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्