काेहलपुर ।
नेपालगन्जमा स्थापना गरिएको मंगलप्रसाद महिला कलेज उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले उक्त कलेज स्थापना गरेको थियो । कलेजको कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वाञ्जल विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले बुधबार बिहान औपचारिक रुपमा उद्घाटन गरे ।
कलेज स्थापनाले महिलाको शिक्षामा पहुँच बढ्ने सम्बद्ध सरोकारवालाको विश्वास छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नु परेको बताए । महिला कलेज आर्थिक रुपले सक्षम नहुँदासम्म उपमहानगरपालिकाले नै खर्च ब्यहोर्ने निर्णय भएको उनले सुनाए ।
यस्तै उपप्रमुख उमा थापामगरले मधेसी, मुस्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भएपनि सबै जाती र समुदायका छोरीले पढ्न पाउने बताइन् । कलेजलाई आर्थिक रुपले सक्षम बनाउँदासम्म सञ्चालनमा चुनौती आउने उनको भनाई छ ।
मंगलप्रसाद महिला कलेज सञ्चालक समितिका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जुम्मन खाँ, कलेजका प्रमुख रविन्द्र कर्ण, कलेज सञ्चालक समितिका सदस्य मोहम्मद खालिद ईराकी लगायतले बोलेका थिए ।
कलेज प्रमुख कर्णले दिएको जानकारी अनुसार मंगलप्रसाद माध्यामिक बिद्यालयले उपलब्ध गराएको करिव १२ कठ्ठा जमिनमा चारतले भवन निर्माण गरिएको छ । उक्त भवनमा ४० वटा कक्षा कोठा, कार्यालय, हल, अपांगतामैत्री शौचालय लगायत संरचना निर्माण गरिएको छ । कलेजमा अध्ययन गर्ने छात्राका लागि छात्राबासको पनि ब्यवस्था गरिएको उनले बताए । उक्त कलेजलाई विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गर्न धेरै कठिनाई ब्यहोर्नु परेको अनुभव कर्णले सुनाए ।
पुर्वाञ्जल विश्व बिद्यालयबाट कलेजको सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । विश्व बिद्यालयबाट सम्बन्धनका लागि एक करोड र सञ्चालन गर्न ५० लाख रुपैयाँ उपमहानगरपालिकाले कलेजलाई प्रदान गरिसकेको जनाएको छ । कलेज सञ्चालनका लागि अझै दुई करोड रुपैयाँ दिने निर्णय भइसकेको उपप्रमुख थापाले जानकारी दिइन् ।
भवन निर्माणका लागि ८ करोड रुपैयाँको लागतमा ठेक्का स्वीकृत भएपनि संरचना निर्माणका क्रममा रकम अपुग भएपछि करिव २ करोड रुपैयाँ थप गरेर १० करोड पुर्याइएको उपप्रमुख थापाको भनाई छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्