राप्रपाबाट कोहलपुरको मेयरमा बलिया उम्मेदवार प्रदिप शाह




काेहलपुर ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको बेलामा कोहलपुरमा राप्रपाबाट तीन जनाको दावी गरिरहेका छन् । कोहलपुरका चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा राप्रपाबाट बलियो उम्मेदवार को भन्ने विषयमा निकै चर्चाको विषय बन्न थालेको छ ।

कोहलपुरमा प्रदिप कुमार शाह र अर्जुन जंग शाहले मेयरमा दावी गरिरहेका छन् । सबैले आ आफ्नै दावी प्रस्तुत गरिरहेको बेलामा कोहलपुरमा लामोसमयदेखि राजनिति क्षेत्रमा लागेर समाजसेवा कस्ले गरेको, कस्को लोकप्रिय छ भन्ने विषयमा चर्चा हुनु स्वभाविक नै हो ।

१. प्रदिक कुमार शाह

भद्रभलामी, शालिन र विश्वासका पात्रको रुपमा चिनिन्छन् प्रदिप कुमार शाह । कोहलपुर क्षेत्रमा सामाजिक सेवामा काम गरेका उनले व्यवसायको रुपमा लामोसमयदेखि कोहलपुरको किरननाला नजिकै कोशी स मिल समेत सञ्चालन गरेका छन् ।

उनले राजनितिक यात्रा भन्ने हो भने २०३८ सालदेखि जनमतसंग्रह हुँदै २०३९ देखि २०४३ सम्म राप्ती अञ्चल युवक संघमा सभापति भएर काम गरेका थिए । त्यो बेलामा उनको दाङदेखि सल्यान हुँदै सुर्खेत सिमानासम्म सडक खण्डको निर्माणमा जनसमुदायकै पहलमा शाहको नेतृत्वमा ३९ किलोमिटर भन्दा बढि पक्कि सडक निर्माण गरेका थिए ।

यति मात्र होइन उनकै नेतृत्वमा अमेलिया देखि तुल्सीपुर सम्मको पक्कि सडक निर्माण गरेका थिए । उनी सल्यानदेखि दाङ हुँदै बाँकेसम्मको राजनितिक यात्रा अहिलेसम्म पनि जारी राखेका छन् ।

किन चुनाव लड्दैछन् प्रदिप शाह

कोहलपुरको विकास र समृद्धिका लागि चुनाव लड्दैछन् । कोहलपुरको बारेमा विगत लामोसमयदेखि बुझ्दै आएको छन् । कोहलपुर नगरपालिका भित्र के के समस्या छन् त्यसको उपायको बारेमा उनी विज्ञ छन् ।

उनले सबैभन्दा ठुलो समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषी, विद्युत, खोपानी, स्वरोजगार, १२ वडा देखि ७ नम्बर वडासम्म तटबन्ध गर्ने, शव व्यवस्थापन, फोहोर व्यवस्थापनको दिगो विकास गर्ने, स्वदेशी उत्पादनलाई बृद्धि बजारीकरण गर्ने र उद्यमीहरुलाई शौलियत ऋणको सुविधा दिने लगायतका विषयमा पूर्ण रुपमा परिवर्तन गरी कोहलपुरलार्ई समृद्ध बनाउने योजना छ । तर उनको केन्द्रदेखि वडा स्तरसम्म निकै राम्रो पकट क्षेत्र बनाएका छन् ।

प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार