ट्याक्टरकाे ठक्करबाट बैजनाथका रेशम डाँगीको मृत्यु




काेहलपुर ।

कोहलपुर नगरपालिका २ सालको बुटा नजिकै ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिमालय शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।

उनका अनुसार ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिएको जस्तो देखिन्छ, तर मोटरसाइकल सवार ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएको शाहले जानकारी दिए । ट्याक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी प्रमुख ऐन बहादुर मल्ले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार