राप्तीसोनारीमा आग्लागी हुँदा ११ घर र ४ वटा गोठ जलेर पूर्ण रूपमा नष्ट




कोहलपुर ।

बाँकेको राप्तीसोनारी वडा नम्बर २ टिकुलीपुरमा आग्लागी हुँदा ११ घर र ४ वटा गोठहरु जलेर पूर्ण नष्ट भएको छ ।

शुक्रबार दिउँसो १ बजेको समयबाट सिताराम जैसीको घरबाट सुरु भएपछि अन्य घरहरुमा आग्लागी भएको ढकेरी प्रहरी चौकी इन्चार्ज टेक बहाुदर केसीले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

उनका अनुसार अनुसार ११ घर ४ वटा गोठ जलेर नष्ट भएका छन् । अहिले नेपालगञ्जबाट दमकलको व्यवस्थापन गरी आगो नियन्त्रण लिन बोलाएका छौं । त्यसपछि नियन्त्रणमा लिने उनले भने ।

यस्तै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले यो वर्ष दमकल किन्ने योजना थियो तर अरु क्षेत्रमा बजेट विनियोजन गरेको बताए । दमकल किनेपछि ३/४ जना कर्मचारी राख्नुपर्‍र्यो उनले भने कर्मचारीहरुलाई त्यसै रकम वितरण गर्ने जस्तो देखियो त्यसैले पनि दमकल किनेनौं ।

उनका अनुसार मानविय क्षती हुनबाट बचाएका छौं अन्य घर र गोठ जेलेको सोही अनुसार क्षतिपूर्ति वितरण गर्ने अध्यक्ष थारुको भनाई थियो । आगलागी पिडितलाई त्रिपाल, खाद्यान्नको व्यवस्था गर्नका लागि डिलरहरुमा गाडि पढाएका छौं एकछिन पछि आउँछ होला अध्यक्ष थारुले कोहलपुर टुडेलाई बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २ गते शुक्रबार