नेपाली नयाँ वर्ष हरेक वर्षको बैशाख महिनाको एक गतेलाई मान्ने गरिन्छ । विक्रम संम्वतको पात्रो अनुसार सौर्यमानक हिसावले बैशाख १ गतेको नयाँ वर्ष मनाउने काम गरिन्छ भने चन्द्रमानक अनुसार चैत्र शुक्लप्रतिपदा तिथिको दिनलाई नयाँ वर्ष भनिएको हो । विक्रम संम्वत हिन्दुहरुको पञ्चाङमा आधारित भएर निर्माण गरिएको पात्रो हो । यो पात्रो नेपाल, भारत जस्ता देशहरुमा निकै चलाचल्तिमा रहेको पाईन्छ । यो नेपालको औपचारिक पात्रो पनि हो । यो प्राचीन हिन्दु परम्परा अनुसार तथा वैदिक समयाङ्कमा आधारित सौर्य पात्रो पनि हो । यो गे्रगोरियन पात्रो वा अंग्रेजी पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी रहेको पाईन्छ । यस पात्रोका अनुसार वर्षको सुरुवात नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन बाट सुरु हुन्छ । विक्रम संम्वत सूर्यसंग सम्बन्धित भएकोले सम्वतलाई सौर्यपात्रोमा आधारित पात्रो पनि भनिएको हो । यस सम्वत सूर्यसंग सम्बन्धित भएकाले विक्रमलाई पात्रोमा सूर्यग्रह नक्षत्रका नामले पनि महिनासंग सम्बन्धित छ ।
इस्वी संम्वत मान्नेहरुको हकमा भने जनवरी एक तारिखलाई नयाँ वर्ष मान्ने गरेको पनि पाइन्छ । नेपाल सरकारले नयाँ वर्षको दिनमा सार्वजनिक विदा दिदै आएको पनि छ । यस दिन विगतका नराम्रा दिनहरुलाई विर्सेर राम्रा क्रियाकलापको लागि आफु र आफन्तले विगतका नराम्रा क्रियाकलापको आलोचना र समालोचना गर्दै आगामी सालमा सचिएर अगाडी बढ्ने प्रतिबद्धता समेत गरेको पाईन्छ । जसले नेपालीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा हरेक क्षेत्रका ेविकासमा टेवा समेत पुगाएको देखिन्छ । जसको कारण आम नागरिकमा एकआपसमा प्रेरणा मिल्नुको साथै मिलोस भन्ने समेत शुभकामना आदानप्रदानको काम गरिन्छ । राजा विक्रमदित्यले सुरुवात गरेको विक्रम सम्वतको नेपालमा आधिकारीक रुपमा चन्द्रशम्शेरको कार्यकालमा यसको औपचारिक रुपमा सुरुवात गरिएको थियो । यो नयाँ वर्ष प्रचलन नेपालीहरुको फरक रुपमा पहिचान बोकेको छ । बैशाख महिनाको एक गतेको प्रचलन अनुसार रहेको पात्रोको प्रथम दिन तथा वर्षको प्रारम्भको दिनलाई मान्दै आएको पाईन्छ । नेपालमा मात्र नभएर यसको सुरुवात विक्रम संम्वत लाई जसले स्विकार गर्दछन् उनीहरुको लागि पनि यो अनिवार्य जस्तै भएको पाइन्छ । जसले बैशाख एक गतेदेखि आफनो नयाँ वर्ष मानेको पाइन्छ । यसका अलावा नेपालमा निम्न अनुसारका नयाँसुरुवात भएको पाइन्छ तापनि औपचारिक रुपमा रुपमा हामीले बैशाख एक लाई नै मान्दै आएको छौं ।
नयाँ वर्ष २०७९ सालको पावन अवसरमा
सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी,
आफन्त, ईष्टमित्र, गुरु मान्यवर लगायत देश
एवम् विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा
नयाँ वर्षले जोस, जाँगर, उत्साह एवम् उमंग
छावस् हार्दिक शुभकामना ।
नेपाल सम्वत :
नेपाल सम्वतको सुरुवात शंखधर साख्वाले गरेका थिए । नेपालमा वि.सं ९३६ र इ.सं २० अक्टुवर ८७९ का दिन भक्तपुरका राजा राघदेवले आफनो आज्ञामा नेपालमको कार्यालयहरुमा यसलाई प्रचलनमा ल्याएको पाइन्छ । नेपालमा औपचारिक रुपमा यो सम्वतको सूरवात चन्द्र शम्शेरले आफनो कार्यकाल सम्म चलाएका थिए । यो सम्वत चन्द्रमासमा आधारित पात्रो आुसार पहिलो दिन म्ह पूजा कार्तिक शुक्लपक्ष प्रतिपदा कछलाथ्व पारुको दिन हुन्छ भने सौर्यमासमा आधारित पात्रो अनुसार पहिलो दिन कछला १ अक्टोवर २० को दिनमा रहेको हुन्छ । यस दिन विशेष गरेर नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्ष मानेर मनाउने गरेको पनि पाईन्छ ।
ल्होसार
यो नयाँ वर्ष चाहि तामाङ, शेर्पा, गुरुङ एवम थकालीहरुले मनाउने काम गर्दछन् । यो शब्दमा ल्हुको अर्थ हुन्छ वर्ष वा साल चने छार को अर्थ हो नयाँ हो । यो नयाँ वर्ष मनाउनेहले ल्होसारको वर्ष मात्र १२ वटा भएको पाइन्छ । जसमा पशुपंछीको तथा जीवहरुको नामहरुबाट राखिएको छ । जसमा मुसा, गाई, बाघ, विरालो, गरुड, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुगँर, वर्ष बाह् वर्ष समाप्त भएपछि फेरी उही नाम दोहोरीएर नयाँ वर्ष हुने आधारहरु समेतको तर्क यस खालको नयाँवर्षले चलाएको छ ।
येले सम्वत वा इस्वी संम्वत
यो ग्रगोरियन क्यालेन्डरमा आभारित नयाँ साल हो । यसमा जनवरी १ तारिखको दिनलाई नयाँ वर्ष मानेको छ । यो दिन विशेष गरेर ईसाइ धर्मलम्बिहरुले मनाउने गर्दछ् । अन्य मुलुकहरुमा मनाउने गरेको नयाँ वर्ष विश्वका हरेक देशहरुले फरक फरक रुपमा मनाउने गरेको पाईन्छ । जसको संक्षिप्त चर्चा यस पका रहेको छ :
भारतमा स्थान पिच्छे नयाँ वर्ष मनाउदै आएको छ । त्यहाँ फरक फरक रुपमा मान्दै आएको नेपालको जस्तो अवस्था भएपनि आम रुपमा सबैले सबैलाई स्विकार गरेको पाईन्छ । बङगालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजाआजा नाचगान र हाँसखेल गरेर रमाइलो गर्दै मनाउने प्रचलन रहेको छ । इन्डानेशियामा नयाँ वर्षलाई गोगुगानु चनेर मनाउने काम गरिन्छ । त्यहाँ मानिसहरु नयाँ लुगा लगाएर मिठा मिठा खानेकुरहरु खाएर मनाउने, खानेकुरहरु एकआपसमा बाँडेर खाने र रमाउने गर्दछन् । मङगोलीयामा रातभरी जागा बसेर अफना आा बाबा तथा मान्यजनबाट आर्शिवाद लिएर मनाउने प्रचलन रकहेको छ भने कुवेतमा रातभरी दिपावली गरेर शुभकामना आदन प्रदान गरेर नाचगान गर्दै परिकारको खानेकुरहरु सहित मनाउने प्रचलन रहेको पाइन्छ ।
मेक्सिकोमा जनजातिको बाहुल्यको कारण चर्चमा गएर सामुहिक विवाह गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ भने जर्मनीमा पानीले भरिएका धातुको भाँडोमा मूद्रा वा सिक्का खसार त्यसको आकृति नियालेर भविष्यवाणी गर्दै मनाउने प्रचलन रहेको छ । पोर्चुगलमा नव वर्षको दिन साँढे जुद्धाएर रमाईलो गर्दै सहरभरी भुनी जगाउदै पटकावाजी गर्ने र धुमधाम संग मनाउने प्रचलन रहेको छ । बेलायतमा ३१ डिसेम्वरको दिनदेखि घरघरमा बत्तिले झिलीमिली पारेर नयाँ वर्षमा फरक फरक खालको रड्डीचड्डी कपडाहरु लगाएर नाचेर रातको ठिक १२ बजे बढाई गरेर मनाउने प्रचलन रहेको छ ।
यि त भए केहि देशका नमूना नयाँ वर्षको चर्चा । नेपालको हकमा नयाँ वर्षको दिनमा हरेक नेपालीहरुले भ्रमण गरेर फरक ठाउँ तथा परिवेशमा एर नयाँ तथा फरक खालको मिठा मिठा परिकार खाएर मनाउने गरिन्छ । कतिपयले होटेल तथा रेस्टुरेन्ट एवम् बारमा गएर त कतिपयले फिल्महलमा गएर मनाउने गरेको पाईन्छ । आजको समयमा त सबै परिवार सहित नयाँ वर्षको दिन होटेल, रेस्टुरा, बारमा गएर खाने सामाजिक सञ्जालमा तस्विरहरु अपलोड गर्ने र अरुलाई देखाउने प्रचलन बढि रहेको छ । जसलाई समाजले पनि परक रुपमा हेर्ने गरेको भएतापनि आम नेपालीहरुको घरमा एक गाँसको समस्या परेकोबेला धनाड्य परिवार तथा प्रतिष्ठित परिवारले यस खालको गतिविध गरेर मनाउने गर्दा उनीहरुमा मानसिक समस्याहरु समेत ल्याउने गरेो पाइन्छ ।
आजका युवाहरु भने दारु, रक्सी, वियर लयागत वाइन तथा अति महंगो महंगो खालको रक्सिहित मनाउने प्रचलनले भोलीको नयाँ वर्ष के हुने हेर्ना बाँकी नै छ यसरी फरक रुपमा फरक तरिकाले मनाउने नयाँ वर्षलाई कतिपयले त्यस दिन पैसा फाल्न नहुने फालेमा वर्षभरी पैसा फाल्नुपर्ने धारणबाट पनि प्रेरित भएको देखिन्छ । उक्त दिन प्रचलित परम्परा अनुसार विभिन्न कार्यमक्रमहरु आयोजना गरेर मनाउने गरिन्छ । यस अवसरमा आपसमा आफन्त तथा अग्रजहरु बीच शुभकामना आदनप्रदान गर्ने प्रचलन रहेको पनि छ । आफन्त, इष्टमित्र, साथीभाई लगायतसंग गएर बनभोज गर्ने, नयाँ परिकार बनाएर खाने, मठमन्दिरमा गएर पुजाआजा गर्ने प्रचलन समेत रहेकको पाईन्छ । उक्त दिन सबै जसोको घरमा मिठा मिठा परिकार बनाएर खाने प्रचला पनि छ ।
नयाँ वर्षको सामाजिक सञ्जालहरुमा केहिदिन देखि नै सुरु भैसकेको छ । नयाँ वर्षमा के के गर्ने, कता कताको रमणीय ठाउँमा जाने लगायतका योजनाहरु हरेक नेपालीले कोरीरहेको छ । नयाँ वर्षको दिन रमाईलो गर्ने, नयाँ ठाउँमा घुम्नजाने, रमाईलो गर्ने खालका योजनाले अझै यसको रौनकता थप गरेको पाईन्छ । नयाँवर्ष आफैमा नयाँ त हो तर पनि हरेक मानवीय मस्तिष्ककमा भने फक फरक रुपमा यसको यसको अर्थ रहेको देखिन्छ ।
नयाँ वर्षको केहिदिन अगाडी देखि नै शुभकामना कार्ड छापेर आफनो पद तथा प्रतिष्डठालाई समेत सो गर्ने प्रचलन रहेको छ । जसले आफना आफन्त, इष्टमित्र लगायत अग्रजको सम्मान गरेको, आफनो नजिक को हो ? आफुलाई उसले के कति सम्झिएको छ वा नजिक मानेको भनेर पनि परिक्षण गर्ने गरिन्छ । वास्तवमा त्यो भने गलत हो । तर आजको समयमा कार्डलाई डिजानिङ गरेर छाप्ने भन्दा पनि सामाजिक सञ्जाल, फेसबुक, सोसलमिडिया, टुइटर, ह्वाटसप, भाइवर, म्यासेन्जर लगायतबाट यो शुभकामना आदानप्रदान समेत गरिन्छ । देश विदेशमा रहेका हरेक नेपाली तथा आफन्तहरु लाई यसरी शुभकामना पठाएर निकै महंगो रुपमा मनाउने प्रचलन समेत रहेको छ ।
खासगरी नयाँ वर्षलाई पनि परम्परवादि हिसावले नभई आधुनिक हिसावमा आफनो गक्ष तथा क्षमता अनुसार मनाएर सबैको कदर हुने गरी हर्ष उल्लासमय वातावरणमा मनाउनु आवश्यक छ । आवका मानिसमा त्यो खालको चेतना आउने वातावरण तयार होस । यसलाई विदेशी मुलुकको जस्तो आफनो हैसितभन्दा माथि गएर अर्काका देखासिकी नगरी आफ्नै सिति तथा संस्कृतिमा आफनो परम्परलाई अंगिकार गरेर मनाउने काम गरौ तडक भडक वातावरणबाट यसको प्रयोग नगरौ यसैमा सबैको कल्याण हुनेछ ।
निष्कर्षमा भन्दा हामी तथा अन्य मुलुकले जेजसरी मनाएपनि हामी विभिन्न धर्मलम्बिहरुले सबैको अस्तित्वलाई स्विकार गरेर सहिष्णुता अनुसार मनाई रहेकोल नेपालीहरुको यो नयाँ वर्षलाई पनि हर्ष उल्लासमय तरिकाले मनाउने काम हुदै आएको छ अझै आगामी दिनमा पनि नयाँ वर्ष मनाउने सवाल रमाईलो होस सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।
लेखक शर्मा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्