मध्यपश्चिम विश्वविद्यालयद्वारा नयाँ वर्षकाे अवसरमा शुभकामना आदानप्रदान

काेहलपुर  ।

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विगतको समीक्षा र आगामी वर्ष गरिने योजनाको रुपरेखा सहित प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

उहाँले आसन्न विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गर्न भैरहेको तयारीका विषयमा जिम्मेवार मूल समिति र उपसमितिबाट जानकारी लिनुका साथै आवश्यक सुझाव एवं निर्देशन दिनुभयो ।

रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलको अध्यक्षता, विभिन्न संकायका डीन, निर्देशक, कार्यकारी परिषद् सदस्य लगायत सबै पदाधिकारी तथा शिक्षक-कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेर चालु वर्षलाई विदाइ र नयाँ वर्षको स्वागत गरे ।