कोहलपुरका ६ वटा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार को हुन ?

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको बेलामा कोहलपुरमा स्वतन्त्र उम्मेदवार दिनेको संख्या पनि बढ्दै गइरहेको छ । विभिन्न पार्टीमा आवद्ध भएका व्यक्तिहरु नै स्वतन्त्र उम्मेदवार केही युवा नै उम्मेदवारको रुपमा अगाडि बढिरहेका छन् ।
कोहलपुरका चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवारहरु को हुन् ? किन उम्मेदवारी ? भन्ने विषयमा निकै चर्चा हुन थालेको छ ।

कोहलपुर नगरपालिकाका स्वतन्त्र उम्मेवारबाट मेयर पदका उम्मेदवार देवान्द अर्याल । उनीले कोहलपुरमा व्यवसाय क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेका छन् । उनको भिजन र सोच, व्यवहार निकै पार्टीभन्दा पनि स्वतन्त्र व्यक्ति जस्तै स्वभाव छ । उनले फेसबुक मार्फत पहिलो पटक स्वतन्त्र उम्मेदवारी दिने भनी घोषणा गरेका थिए । तर उनले स्वतन्त्र उम्मेदवारी मात्र भनेन अटेरी समूह समेत निर्माण गरी प्रचाप्रसार अहिले तिव्र रुपमा गरिरहेका छन् । जसले गर्दा नेपाली काँग्रसलाई यो चुनावमा धक्का पुग्ने देखिन्छ । उनले रातदिन नभनी कोहलपुरका १५ वटै वडामा स्वतन्त्र उम्मेदवारहरु उठाउने अभियानमा छन् ।

अर्यालले आफ्नो घोषणा पत्र समेत प्रकाशन गरिसकेका छन् । घोषणा पत्रमा उल्लेख भएअनुसार १५ वटा विकास कार्ययोजना अघि सारेका छन् । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, कृषि, सडक, ढल तथा विद्युत, प्राविधि तथा सञ्चार तथा मनोरञ्जन, युवा तथा खेदकुद, यातायात, उद्योग तथा व्यवसाय, पर्यटन, पूर्वाधार तथा विकास, स्थानीय कला तथा संस्कृति, रोजगार, सु-सासन तथा सार्वजजनिक सम्पतीको सुरक्षा र सामाजिक सुरक्षा रहेका छन् । अर्यालले कोहलपुरका ६ वडामा स्वतन्त्र उम्मेद्वार दिने व्यक्तिहरु उभ्याएका छन् तर अझै ९ वडा भने अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार दिने व्यक्ति खोज्ने क्रम जारी छ ।

स्वतन्त्र उम्मेदवार घोषणा गरेका ६ वटा वडा अध्यक्ष को हुन् ?

कोहलपुर नगरपालिकामा १५ वटा वडा मध्ये ६ वटा वडामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दिने व्यक्तिहरुको टुङ्गो लागेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै ६ वटा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारले स्वः घोषणा गरेका थिए । पत्रकार सम्मेलन पश्चात सो बिषयमा कोहलपुर टुडेले विशेष रिपोर्ट तयार गरेको छ ।

सो रिपोर्ट अनुसार कोहलपुर वडा नम्बर २ बाट देवीराम आचार्य । उनी जन एकता सामुदायिक वन उपभोक्ता समूहका सचिव हुन् । उपभोक्ता समूहमा सचिव पदमा एमाले कोटाबाट भएका थिए । एमालेका सक्रिय सदस्य समेत हुन् । उनले अहिले २ को वडा अध्यक्ष पदमा ताकेता गरिरहेका थिए तर अध्यक्ष पद अरु कोही व्यक्तिले पाउने भएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । तर पत्रकार सम्मेलनमा आचार्य उपस्थिति थिएनन् ।

यस्तै वडा नम्बर ५ बाट हरि प्रसाद न्यौपाने । नेकपा एमालेका सक्रिय हुन् । शान्ति नगर टोल विकास समितिका २०७६ सालमा अध्यक्ष बनेका थिए । न्यौपानेलाई कानून न्याय संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले २०४६ सालमा एमालेको सक्रिय सदस्य पाएका थिए ।

विगत ३८ सालदेखि निरन्तर एमालेमा सक्रिय छन् । तर ५ वडाबाट अध्यक्ष पदमा नाम सिफारिस नभएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर उनले पत्रकार सम्मेलनमा एमाले प्रति निकै गुनासा सहित विरोध गरेका थिए । अहिले एमालेमा राजा शासन र पन्चायत शासन जस्तै भयो । त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको न्यौपानेले बताए ।

यस्तै वडा नम्बर १० बाट शिवराज पोखरेल । उनी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । लामोसमयदेखि नेपाली काँग्रेसका क्रियाशिल सदस्य छन् । पोखरेलले फरक मद प्रस्तुत गरे, नोमिनेशन गर्नुभन्दा १/२ दिन पहिले नेपाली काँग्रेसको क्रियाशिल सदस्यमा हटाउन हस्तलिखित नै दिनेछु तर अहिले दिन्न् पोरखेलले भने । उनी निर्वाचन आउनुभन्दा पहिले निकै ससक्क्त रुपमा अध्यक्ष पदका लागि लागि रहेका थिए तर उनको नाम सिफारिसमा परेन । नपरेपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यस्तै वडा नम्बर ११ बाट टेकराज आचार्य । उनी पनि एमालेले नै हुन् । गोलपार्क सुधार समितिका अध्यक्ष छन् । एमालेबाट अध्यक्ष पदमा लविङ्ग गरेका थिए तर उनको नाम सिफारिस भएन । नभएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन् ।

यस्तै वडा नम्बर ९ का महिता आलम शाँही । उनी कुनै पार्टीमा खुलेर लागेका छैनन् । काम गरी खाने व्यक्ति हुन् । उनी अहिले २३ वर्ष उमेर पुगेका छन् । युवा पुस्ताले यो देशको मुहार फेर्न सक्ने भन्दै उनले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन् ।