घरबेटी र घर बहालमा बस्ने व्यक्ति बिच सुमधुर सम्बन्ध हनुपर्छ : सांसद उषा




कोहलपुर ।

लुम्बिनी प्रदेस सांसद पार्बती पुन उषाले घर बेटी र घर बहालमा बस्ने व्यक्ति बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल घरबहाल उपभोक्ता मंच बाँकेको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । उहाँले घरधनी पिडित भएको बेलामा भाडामा बस्ने व्यक्ति पिडित हुने स्वभाविक नै हो तर यसलाई सहजीकरण गरी विवाद साम्य पार्ने काम घरबहाल उपभोक्ता मंचले गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका अध्यक्ष तिलक सिंह कार्कीले घर बहालमा बसेका र घरबेटीको विषयमा निकै लामोसमयदेखि काम गरिरहेको बताए । ‘कोरोनाको बेलामा पनि उहाँहरुको समस्याको बारेमा निकै चर्कोसंग आवाजहरु उठाएका थियौं, उहाँले भन्नुभयो, ‘फेरी हामीले व्यवसायी गरिरहेका व्यक्तिहरुलाई कोरोनाको बेलामा घरभाडा छुट गर्ने र घरबेटीहरुलाई नगरपालिकाले छुट जस्ता विषयहरुमा विशेष पहल गरेका हौं ।, अझै पनि कतिपय घरवेटी र घरबहालमा बस्ने व्यक्तिहरुको समस्याहरु रहेका छन त्यसलाई पनि समाधान गर्ने अध्यक्ष कार्कीले बताए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेस सचिव शिवकुमार सुनार, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष संगीता सुवेदी, मञ्चका संस्थापक सल्लाहकार डोलराज अर्याल लगायतले घर बहालका समस्याका बारेमा चर्चा गर्नुभएको थियो । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेले नव बर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन समेत गरेको थियो ।

प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार