कोहलपुर ।
कोहलपुर नगरपालिकाको भौगोलिक दृष्टिकोणले विकट मानिने बालशिक्षा आधारभुत विद्यालयमा विद्यालय विकासको योजना सम्बन्धी बृहत अभिभावक भेला गरिएको छ । बृहत अभिभावक भेलाले विभिन्न निर्णयहरु गरेको छ ।

विद्यालय विकासको योजनामा पहिलो निर्णय कक्षा ९ थप गर्ने भनी निर्णय भएकोे विद्यालयका प्रअ टर्क बहादुर खत्रीले बताए । उनका अनुसार विद्यालयमा पढ्दै कमाउँदै भन्ने कार्यक्रम मार्फत बालबालिकाहरुलाई विभिन्न तरकारी, फलफुल, माछा पालन जस्ता क्रियटिभ कामहरुमा समावेश गरिरहेको र त्यसलाई अझै व्यवस्थति गर्ने, विद्यालयको कम्पाउण्डर निर्माण गर्ने जस्ता यावत निर्णयहरु भएको प्रअ खत्रीले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै कोहलपुर वडा नम्बर १३ का वडा अध्यक्ष ओमप्रकास वलीले विद्यालय विकासका लागि वडाबाट शौचालय निर्माणका लागि बजेट व्यवस्थापन गरेको बताए । उनका अनुसार फेरी पनि आगामी चुनाव जिताउनुभयो भने पुनः विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर डाँगी, विव्यस अध्यक्ष डम्बर बहादुर विश्वकर्मा, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्