आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

कोहलपुर ।

नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत तथा उपप्रमुख सञ्जु कुमारी चौधरीले सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रमुख रावतले सम्पूर्ण वडाबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण भएको बताए ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरका जनताले प्रत्यक्ष रुपमा देखिने गरी काम गरेको बताए । उनका अनुसार अहिले प्रत्येक वडामा एक स्वास्थ चौकीको स्थापना भएको छ । ‘सबैले आफ्नै घर छेउबाटै औषधी पाउनु निकै खुसीको कुरा हो,’ उनले भने, ‘यो भन्दा सहज र सरल सुविधा के हुन हुन्छ ? ।’

यति मात्र होइन, कोहलपुरका १५ वटै वडाका स्वास्थ्य केन्द्रको भवन निर्माण भई सेवा सुरु भैसकेका छन् । सो भवन निर्माणका लागि कोहलपुर वडा नम्बर १० का थारु समूदायको समितिले निर्णय गरी मिठु थारु र मदत राम थारुले ऐलानी जग्गा आधाभुत स्वास्थ्य केन्द्र निर्माण गर्न भनी १ कठ्ठा जग्गा दान दिएका हुन् ।

आधारभुत स्वास्थ्य केन्द्रको ३८ लाखमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।

यस्तै उपप्रमुख सञ्जु कुमारी चौधरी, कोहलपुर वडा नम्बर १० का वडा अध्यक्ष निरज चलाउने, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख दिल बहादुर घर्ति मगर, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।