Kohalpur Today Header Ads

पेट्रोलियम डिलर्सहरुद्वारा ६ बुँदे माग राख्दै पेट्रोल पम्पहरु बन्द




कोहलपुर ।

बाँके लगायत विभिन्न जिल्लाहरुमा रहेका पेट्रोलियम डिलर्सहरुद्वारा ६ बुँदे माग राख्दै पेट्रोल पम्पहरु बन्द गरेका छन् । शनिबार मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएसन, मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघ, मनकामना ग्याँस उद्योग र भेरी ग्याँस उद्योगले संयुक्त रुपमा बाँकेमा पेट्रोलियम पम्पहरु बन्द गरेका छन् ।

गत चैत ७ गते बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर घर्तीलाई ज्ञापन पत्र बुझाएका थिए । मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विश्वराज खनालले ६ बुँदे माग सम्बाेधन नभएपछि पेट्रोलियम पम्पहरु बन्द गर्ने बाध्य भएकाे बताउनुभयाे ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै चैत १० गतेदेखि एल.पि. ग्याँस उद्योगहरुले भारतका रिफाईनरीहरुबाट एल.पि. ग्याँस लोड गर्ने बन्द गर्ने, १४ गते सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य बन्द गर्ने, १६ गते पेट्रोलियम पदार्थको ढुवानी टैंकरहरुले पि.डि.यो. नलिने, १७ गते विभिन्न उद्योगहरुबाट ग्यासहरु विक्रि वितरण नगर्ने, १८ गते पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ्ग/अनलोडिङ्ग बन्द गर्ने र २० गते मागहरु पुरा नभए देशभरीका पेट्रोलियम, ग्याँस विक्रेता, ढुवानी कार्यसमेत पूर्ण रुपमा बन्द गर्ने मागहरु रहेका थिए । जस अन्तर्गत आज शनिबार सबै बाँकेका पेट्रोल पम्पहरु बन्द रहेका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १९ गते शनिबार