एसले कोहलपुरमा पूर्णता पायो

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा एकिकृत समाजवादी पार्टीले पूर्णता पाएको छ । केही महिना अघि नै कमिटि निर्माण भएतापनि शुक्रबार औपचारिक कार्यक्रम गरी पूर्णता पाएको हो । कोहलपुर नगरपालिकाको एसको अध्यक्षमा नारायणी वली रहेकी छिन् ।

उनी अहिले पछिल्लो अवस्थामा महिलाको नेतृत्व गरिरहेकी प्राभावशाली नेत्रीको रुपमा परिचित छिन् । जसको उपाध्यक्षमा विकास डाँगी र प्रेमीका शाही, सचिवमा तेज प्रसाद अधिकारी, उपसचिवमा दिपक बहादुर शाही, राजु तामाङ्ग गिरिघारी शर्मा रहेका छन् ।

सो कमिटिका उपसचिव तथा प्रचारप्रसार विभागका संयोजक दिपक शाहीका अनुसार अब नगर कमिटिको विस्तार, वडा कमिटि हुँदै टोल कमिटिहरुमा १५ दिने अभियान लिएर पूर्णता दिनका लागि हामी लागिरहेको बताए ।