बाँकेको राप्ती नदीमा साहसिक जल यात्रा सुरु, २७ किलोमिटर जल यात्रा गर्ने पाइने (फाेटाे फिचर)




काेहलपुर ।

बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा साहसिक जल यात्रा (र्याफ्टिङ) सुरु भएको छ । शुक्रबार राप्ती सोनारी गाउँपालिका संगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाकेले र्याफ्टिङ सुरु गरेकाे हाे । साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गर्नुभयो ।

उदघाटनमा मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले साहसिक जलयात्रा गर्नुभएको छ ।

साहसिक जलयात्राको दुरी कुसुम बैरियादेखि अगैयासम्म करिव २७ किलोमिटर रहेको छ । पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्री पर्यटन प्रवर्द्धन गर्न साहसिक जलयात्रा सुरु गरिएको मन्त्री चौधरीले बताउनुभयो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार