कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको बिपि मेमोरियल माध्यमिक विद्यालयमा ताताबन्दी गरेको छ । नेपाल कम्प्यूनिष्ट पार्टी बैजनाथ कमिटिले दुई वटा मागहरु राख्दै विद्यालयमा तालाबन्दी गरेको छ । बिहिबार नेपाल कम्प्यूनिष्ट पार्टी बैजनाथ कमिटिका इन्चार्ज राकेश दाहालको नेतृत्वमा सो तालाबन्दी भएको थियो ।
विज्ञप्तीमा उल्लेख गरिएको छ, विद्यालयको प्राङ्गण भित्रको जग्गा एन.जि.ओ लाई लिजमा दिएको र विद्यालयले आइटी कलेज खोल्ने भनेर महायज्ञ लगाएर आइटी कलेज नखोलेको जस्ता गम्भिर विषयहरु कारण देखाउँदै तालाबन्दी गरेको छ ।
यस्तै बिपि मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमराज रेग्मीले भखरै जिम्मेवारी लिएकोले विद्यालयको बारेमा पूर्ण रुपमा जानकारी थाहा नपाएको बताए । उनले १५ वर्ष अघिको कुराहरुलाई ल्याएर अहिले तालाबन्दी गर्नुभएको छ, तर त्यसमा पछि छलफल गरी टुङ्गाउनेछौं ।
उहाँहरुले राख्नुभएको पहिलो बुँदामा भने अहिले अपाङ्गता सम्बन्धी काम गर्ने संस्थासंग सम्झौता भएको बताए । सम्झौतामा लेखिएको छ, अपाङ्ग बालबालिकाहरुलाई हेरचाह गर्ने र त्यस संस्थासंग विद्यालयले जति समयसम्म बस्न चाहान्छ बस्छ, छोडेर जानेबेला सबै संरचना विद्यालयलाई हस्तान्तरण सहित सम्झौता खारेजी हुने गरी सम्झौता गरिएको उहाँको भनाई थियो । उहाँका अनुसार अहिले सो संस्थामा १२ जना अपाङ्गगता भएका व्यक्तिहरु रहेका छन् ।
अर्को २ नम्बर बुँदामा महायज्ञको रकम पर्खालमा निर्माणमा खर्च भएको बताए । जसमा ४ सय ८० मिटर, ९ इन्चि सहितको पर्खाल निर्माण गरिएको छ, जसमा गाउँपालिकाबाट १५ लाख र महायज्ञको साढे १२ लाख रकम लागेको प्रधानाध्यापक रेग्मीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्