बाँकेको नरैनापुर साक्षर गाउँपालिका घोषणा




काेहलपुर ।

नरैनापुर गाउँपालिका साक्षर घोषणा भएको छ । पालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तबले नरैनापुर गाउँपालिकामा निरक्षर मध्ये ९६.१९ प्रतिशत मानिस साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गर्नुभएको हाे।

जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तबले नरैनापुर गाँउपालिकालाई साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ, यस पछाडिका हाम्रा धेरै खुड्किलाहरु पनि छन्, हामीले अरु धेरै विषयहरुलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्यो भन्दा बाँकीलाई साक्षर बनाउने तर्फ भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकाले अब रोजगारी सिर्जना गर्ने शैक्षिक विकासमा जोड दिएको बताउनुभयो। उहाँका अनुसार साक्षरताको परिभाषा परिमार्जन गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले नरैनापुरले आफ्ना ९ हजार १ सय ७५ निरक्षर नागरिकलाई साक्षर बनाउन २०७८ भदौ २४ गतेदेखि साक्षर अभियान थालनि गरेका थियाैं । पालिकामा ८ हजार ८ सय २६ जना साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हाे । नरैनापुर बाँकेको छैठौं साक्षर पालिका बनेको छ । अब नेपालगञ्ज र डुडुवा साक्षर घोषणा हुन बाँकी छन् ।

गाउँपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रमलाई जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तब, गाउँपालिका अध्यक्ष शाह, शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत र वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य लगायतले सम्बोधन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार