बाँकेमा ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत, कुन पालिकामा काे छन् ?

काेहलपुर ।

यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशैभर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

जिल्लाका वरिष्ठतम् न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा तोकिएको हो ।

काे काे कहाँ छन् ?

१.  नेपालगञ्ज उपमहानगरपालिका : जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश खडानन्द तिवारी

२. कोहलपुर नगरपालिका :  जिल्ला अदालत बाँकेका श्रेष्तेदार तिर्थराज भट्टलाई

३. खजुरा गाउँपालिका : जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार

४. जानकी गाउँपालिका : जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा

५. डुडुवा गाउँपालिका : उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका उपन्यायाधिवक्ता नवीन कुमार भट्ट

६. राप्तीसोनारी गाउँपालिका : बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी

७. बैजनाथ गाउँपालिका : उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका उपन्यायाधिवक्ता टेक बहादुर थापा

८.  नरैनापुर गाउँपालिका : महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रेशम आचार्य