बागेश्वरी क्याम्पसमा पब्लिक हेल्थ इसियूमा सेमिनार

काेहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम एड तेस्रो सेमेस्टरका विद्यार्थीहरुले सेमिनार अन पब्लिक हेल्थ इसियू (seminar on public health issues) (HPE- 536) को आंशिक आवश्यकता पूरा गर्नका लागि यो कार्यक्रमको सम्पन्न भएकाे छ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख श्री दान बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाेल्दै हमालले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उदेश्य पूरा गर्नका लागि आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर विगतदेखी नै शिक्षाको गुणस्तरमा दक्षजनशक्ति उत्पादन गर्दै आएको र यो व्याजले पनि राम्रो नतिजा ल्याएर क्याम्पसको शैक्षिक विकासमा लाग्नु पर्ने र अतिरिक्त क्रियाकलाप लगायत यस्ता सेमिनार, गोष्ठी, शैक्षिक भ्रमणबाट सिकारुको सिकाइ कार्यमा महत्त्वपूर्ण भुमिका खेलेको जानकारी दिए ।

त्यसैगरी स्वास्थ विभागका विभागिय प्रमुख ज्ञानेन्द्र शाहिले स्वास्थ विभागको यो कोर्ष २० पुर्णाङकको भएको र यो सेमिनार गरेर अन्तिममा प्रतिवेदन तयार गरेर मात्र अन्तिम भाईवा हुने बताउनुभयाे । त्यसैगरी पाठ्यक्रम तथा मूल्याङकान विभागका विभागिय प्रमुख एकराज शर्माले यो कार्यक्रमको शुभकामना दिँदै विद्यार्थीहरुमा लगनशिलता, मेहनत तथा परिश्रमको कारण मात्र लक्ष्य पूरा हुने कुरामा जोड दिनुभयो ।

उहाँले हाल ३० वर्षको अन्तरालमा बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह एम एड पाठ्यक्रम तथा मूल्याङकन विभाग अन्तर्गत अध्ययनरत छात्र ईसाक घलेले मध्यपश्चिम विश्वविद्यालय स्नातकोत्तर तहमा विश्वविद्यालय प्रथम भएर कुलपति पदक पाउने अवसर प्राप्त गरेकोले क्याम्पसको शैक्षिक धरोहर भएको र आगामी दिनम यस्तै खालको नतिजा ल्याउने गरि अध्ययन गर्नका लागि आगामी दिनमा विद्यार्थीको उज्वल भविस्यको कामना समेत व्यत्त गरे ।

उक्त कार्यक्रममा स्वास्थ विभागका सिनियर सेमिनार विषयका उप प्राध्यापक तोयानाथ पहाडी, नेपाली विभागका विभागिय प्रमुख खोपिराम वलि, स्वास्थ विभागका विभागका प्राध्यापक राजेश थापा लगायत तेस्रो सेमेस्टरका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापति बलमता खड्का रहेका थिए ।