मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सल्यानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका पट्नेरी निवासी २५ वर्षीय दीपेश डाँगीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले पैदल यात्री डाँगीलाई शनिबार बेलुका पट्नेरीमा ठक्कर दिएको थियो । गम्भीर घाइते डाँगीको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको सल्यान प्रहरीले बताएको छ ।

पीडित पक्षले तत्काल किरिया खर्च बापत ५० हजार रूपैयाँ र अन्य नियमअनुसार पाउने रकम उपलब्ध गराउने सहमतिपछि शव जिल्ला अस्पताल लगिएको छ । मोटरसाइकल चालक पनि घाइते भएको र सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा ल्याइएको प्रहरीको भनाई छ ।