प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत

काेहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाके स्नातक तह दोस्रो सेमेस्टरले स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत गरेका छ्न ।

उक्त कार्यक्रमको प्रमुख अथिती क्याम्पस प्रमुख दान बहादुर हमालले क्याम्पसको वृहतर विकासका विद्यार्थीको गहन भुमिका भएको जानकारी दिए । बागेश्वरी बहुमुखी क्याम्पस विगत ३० वर्ष देखि उच्च शिक्षा प्रदान गर्दै आएको र हाल नेपाल सरकारको शत प्रतिशत लगानीमा भएकोले सुलभ शुल्कमा आम अभिभावकका छोराछोरीले पढ्ने गरेको र हाल यहाँकि जनशक्तिको आम समुदायमा निकै प्रभाव परेकोले नवागंतुक विद्यार्थीहरु पढाईमा अब्बल भएर लाग्न मेहनत गरेर क्याम्पसको शैक्षिक अवस्थामा अझै सुधार गरेर जानू पर्ने कुरामा जोड दिएका छ्न ।

उक्त कार्यक्रममा स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, पाठ्यक्रम विभागका विभागीय प्रमुख एकराज शर्मा, अनुप शाही खोपिराम वलि,प्रमोद सुवेदी, पुर्व क्याम्पस प्रमुखहरू लगायतको उपस्थित रहेको थियो ।