२६०० मतगणना हुँदा देउवाको अग्रता कायमै : कसको कति मत ?




नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २६०० मतगणना भएको छ ।

कांग्रेस सभापति पदमा २६०० मतगणना हुँदा शेरबहादुर देउवाले १२२५, शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६२ र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार