Kohalpur Today Header Ads

कोहलपुरको म्याक्स होटलमा प्रहरीको छापा : अनलाइन सट्टेबाजीको आरोपमा ४२ जना पक्राउ




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा प्रहरीले छापा मारेर अनलाइन सट्टेबाजी खेलाएको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् ।

LIfe Ok

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरलगायतका विद्युतीय उपकरण बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान गरिरहेको सूचना अधिकारी राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव उपरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ सई रमेश बजगाईँको कमाण्डमा खटिएको टोलीले होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार