Kohalpur Today Header Ads

देवानगञ्जमा फेरि गोली चल्यो, दुईजना पक्राउ




विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

गोली लागेर देवानगन्ज गाउपालिका वडा नम्बर १ का निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LIfe Ok

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरे । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

उनले त्यहाँ प्रहरी परिचालन गरी सकेको र आफू म त्यहीँ पुग्न लागेको जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ परेकाको पहिचानसहितका विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

यस अघि साउनमा देवानगन्जमा दूई समुदायका विचमा भएको झडप नियन्त्रणमा प्रहरीले गोली चलाउदा ३ जनाको मृत्यु भएको थियो ।

देवानगन्ज घाटना पछि मधेस प्रदेशमा समेत हिंसा फैलिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार