कोहलपुरमा अन्तराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइयो




कोहलपुर ।

कोहलपुरमा अन्र्तराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइएको छ । कोहलपुर न्यूरोडदेखि राँझा चोकहँदै राजस्व कार्यालय अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

मंगलबार कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अन्र्तराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइएको हो । कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यता र सामाजिक विकास शाखा संयोजक नारायणी वलीको सभापतिमा सो कार्यक्रम गरिएको थियो ।

कोहलपुरमा रहेका विद्यालय, संघसंस्था, मेची महाकाली बुहारी संयूक्त आवाज बाँके, महिला प्रहरी शेल, नगर बाल सञ्जाल लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार