नेपालगञ्जमा सामुदायिक विद्यालयका अङ्ग्रेजी शिक्षकहरूका लागि चारदिने क्षमता विकास तालिम सम्पन्न




कृष्ण कुमार शाही,  नेपालगञ्ज, बाँके
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र शिक्षकहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालगञ्जमा अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न गरिएको हो ।


​नेपालगञ्ज उप-महानगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखा, बाँकेको आयोजना तथा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) बाँके (NELTA Banke) को प्राविधिक सहजीकरणमा उक्त तालिम सञ्चालन गरिएको हो।
​स्वस्तिक कटेज, नेपालगञ्जमा मिति २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त चार दिने सघन तालिममा उप-महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत अङ्ग्रेजी शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।


​कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालगञ्ज उप महानगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरख थापा  रहेका थिए । उनले  सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अङ्ग्रेजी शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै तालिममा सिकेका सीपलाई कक्षाकोठासम्म पुर्‍याउन आग्रह गरे ।
​कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृतहरू लोकेन्द्र बहादुर शाही र डिल्लीप्रसाद आचार्यले पनि शिक्षाको गुणस्तर सुधार र शिक्षकको पेशागत विकासका विविध पक्षमा जोड दिँदै आफ्नो महत्त्वपूर्ण भनाइ राखेका थिए ।


​चारदिनसम्म चलेको उक्त तालिममा दक्ष प्रशिक्षकहरू प्रमोद सुवेदी, बिन्दु सुवेदी, देवी गुरुङ, होमराज खड्का, शिवशरण उपाध्याय र सञ्जीव कुमार सिङ्घको  सहजीकरण रहेको य्हियो ।  प्रशिक्षकहरूले आधुनिक शिक्षण पद्धति, कक्षाकोठा व्यवस्थापन, आइसिटी (ICT) को प्रयोग र अङ्ग्रेजी भाषा शिक्षणमा हुने प्रभावकारिताको बारेमा जोड दिएका थिए।
आगामी दिनमा समेत नेल्टालाई यस खालको अवसर प्रदान गर्ने कुरामा शिक्षा शाखाको ध्यान जाने कुरा वरिष्ठ शिक्षा अधिकृत डिल्ली आचार्यले वताएको प्रशिक्षक प्रमोद सुवेदीले कोहलपुर टुड!लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार