Kohalpur Today Header Ads

शिक्षक सेवा आयोगले पर्सी माविको खुलातर्फको विज्ञापन गर्ने




शिक्षक सेवा आयोगले पर्सी माध्यमिक तहको खुला तर्फको विज्ञापन गर्ने भएको छ । कुनै व्यावधान नभएमा पर्सीको गोरखापत्रमा खुला तर्फको विज्ञापन गर्ने भएको हो ।

आयोगले अनलाइन प्रविधिमार्फत पहिलो पटक विज्ञापन गर्न लागेको जानकारी दियो । आयोग उच्च सूत्रका अनुसार आयोग पहिलो पटक अनलाइन प्रविधिबाट विज्ञापन गर्ने तयारीमा जुटेको छ ।

परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गर्न लागिएको हुँदा सफ्ठटवेयरमा काम गर्ने जनशक्ति व्यवस्थापन नभएका कारण पहिलो पटक माध्यमिक तहको मात्र आयोगले विज्ञापन गर्ने भएको हो ।

LIfe Ok

फारम भर्दा उम्मेद्वारले परीक्षा बापत तिरेको राजस्व समेत सिधै फारममा एटेज हुने गरी सफ्टवेयर निर्माण गरिएको हुँदा पहिलो पटक परीक्षणका रुपमा माध्यमिक तहको विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो । आयोगले शिक्षकका लागि आवेदक मात्र करिब तीन लाख पुग्ने अनुमान सहित अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न माविको मात्र विज्ञापन गर्न लागिएको हो । आयोगले करिब तीन लाख आवेदक हुने अनुमान गरेको छ ।

आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ । आयोगका अनुसार १७ हजार ४७ पदमा पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पदमा र निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद शिक्षक छनोट गर्नुपर्ने छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार