सामुदायिकतर्फ जन ज्ञानज्योति मावि कौशिलानगर उत्कृष्ट




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका भित्र सञ्चालित ८ वटा माध्यमिक विद्यालय मध्ये जन ज्ञानज्योति माध्यमिक विद्यालय कौशिलानगर उत्कृष्ट भएको छ ।

नेपाल राष्ट्रिय परीक्षा बोर्डद्धारा शैक्षिकसत्र २०८१/०८२ को माध्यमिक तह तथा कक्षा १२ काे नियमित तर्फ कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका ८ वटा माविहरुमा २९ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।

जन ज्ञानज्योति माध्यमिक विद्यालयका ४९ जना विद्यार्थी परिक्षामा सम्मिलित भएका मध्ये ३९ प्रतिशत विद्यार्थी उर्तिण भई कोहलपुरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जन ज्ञानज्योति माध्यमिक विद्यालयका प्रअ विनाेद लम्सालले जानकारी दिए । कोहलपुर नगरपालिकामा १२ सय १६ जना विद्यार्थीहरु परिक्षामा सम्मिलित भएका थिए ।

कोहलपुर नगरपालिकामा सामुदायिक विद्यालय तर्फ त्रिभुवन माध्यमिक विद्यालयमा २९ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारमा २७ प्रतिशत, ज्ञानज्योति चप्परगौडीमा १५ प्रतिशत, लक्ष्मी माविमा १७ प्रतिशत, सगरमाथा ज्ञानकुञ्ज माविमा १५ प्रतिशत, कृष्ण माविमा १७ प्रतिशत र राम माविमा २२ प्रतिशत उर्तिण भएको राष्ट्रिय परिक्षा बाेर्डले जनाएको छ ।

सच्याईएकाे : ३९ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाेले सच्याईएकाे छ । स.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार