कोहलपुर ।
नेकपा एमालेको केन्द्रिय कमिटिको दोस्रो बैंठककले केन्द्रिय सदस्य सुर्य ढकाललाई बाँके जिल्लाको इन्चार्जको रुपमा जिम्मेवारी दिएको छ । १० औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित ढकाललाई बाँके जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
ढकाल लगाएत अन्य ७६ जिल्लाका इन्चार्ज समेत केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले जिम्मेवारी प्रदान गरेको छ । सो बैठकले ७ प्रदेशका इन्चार्ज समेत तोकेको छ भने ३२ विभागिय प्रमुख, २२ जनवर्गीय संगठनहरुको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्