एमालेका केन्द्रिय सदस्य ढकाल बाँके जिल्ला इन्जार्च

कोहलपुर ।

नेकपा एमालेको केन्द्रिय कमिटिको दोस्रो बैंठककले केन्द्रिय सदस्य सुर्य ढकाललाई बाँके जिल्लाको इन्चार्जको रुपमा जिम्मेवारी दिएको छ । १० औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित ढकाललाई बाँके जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

ढकाल लगाएत अन्य ७६ जिल्लाका इन्चार्ज समेत केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले जिम्मेवारी प्रदान गरेको छ । सो बैठकले ७ प्रदेशका इन्चार्ज समेत तोकेको छ भने ३२ विभागिय प्रमुख, २२ जनवर्गीय संगठनहरुको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।