
डिल्ली शाही, कोहलपुर । बाँकेको कोहलपुरस्थित प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा इन्धन बिक्रीका क्रममा कालोबजारी गरेको सेवाग्राहीहरूले आरोप लगाएका छन् ।
नेपाल आयल निगमले बुधबार (चैत ११ गते) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको थियो तर उक्त निर्णय लागू हुनुअघि नै पम्पले नियोजित रूपमा सेवा अवरुद्ध गरी बढी मूल्य असुलेको सेवाग्राहीहरूले आरोप लगाएका हुन् ।
धनगढीबाट भैरहवा जाँदै गरेको ट्रक चालक हरिसिंह महराले (गाडी नं. सु.प्र.प्र ०१–००१ ख ३७९९) इन्धन भर्नका लागि ११ बजे प्रहरीको पेट्रोल पम्पमा पुगे तर दिएनन्, १ घण्टासम्म पर्खिएर मात्र इन्धन मुल्य बढेपछि मात्र खुलाएको आरोप लगाएका छन् ।
कोहलपुर टुडेसंगको कुराकानीमा उनले भने, प्रहरीकै प्रेट्रोल पम्पमा यसरी खुलियाम रुपमा कालोबजारी हुन्छ भने अन्य प्रेट्रोलमा के हुन्छ ? भन्दै सरकारलाई गम्भिर प्रश्न गरेका थिए । प्रहरी प्रेट्रोल पम्पमा यसरी सेवाग्राहरीलाई १ घण्टा सम्म कुराएर नियोजित रुपमा सेवा अबरुद्ध गरी बढि मुल्य असुलेको उनकाे आरोप छ ।
यस्तै अर्का सु.प्र.प्र ०१–००१ ख ३८०३ नम्बरका चालकले भने बजार अनुगमन र उपभोक्ता अधिकार संरक्षणप्रति गम्भीर हुनुपर्ने र कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्य असुल्ने गरेको गम्भिर आरोप लगाएका छन् ।
कोहलपुर टुडेसंगको कुराकानीमा उनले भने मुल्यबृद्धि भएको समय १२ बजेपछि मात्र हो हामीलाई पनि थाहा थियो तर नियोजित रुपमा सेवा बन्द गरी बढि मुल्य असुलेको उनले पनि आरोप लगाए ।
यस्तै प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्पका इन्चार्ज सुजन खड्काले सेवाग्राहीहरुले लगाएको आरोप झुटो भएको बताए । कोहलपुर टुडेसंगको कुराकानीमा “डे क्लोज (हिसाब मिलान) गर्ने समय करिब ४४/४५ मिनेट जति लाग्छ सोही समय पर्न गएको हो ” उनले भने ।
अरु समयमा बेलुका ७ बजे नै डे क्लोज गर्ने गरेको र हिजो (बुधबार चैत ११ गते) ७ बजेपनि डे क्लोज गरिसकेका थियौ तर मुल्य बृद्धि भएको सूचना आएपछि दुई पटक डे क्लोज गर्ने गर्नुपर्ने भएकोले ११ बजेपछि इन्धन नदिएको उनले स्वीकारे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्