काेहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा अस्थायी रोक लगाएको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी जिल्लाभर मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाइएको जनाएको हो।
सूचनाअनुसार निर्वाचन आयोग को निर्णय बमोजिम मिति २०८२ मंसिर २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न मिति २०८२ फागुन १५ गते शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको हो।
प्रशासनले जिल्लाभित्रका होटल, रेष्टुरेन्ट, मदिरा पसल तथा अन्य बिक्री केन्द्रलाई उक्त अवधिभर मदिराजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ। आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने समेत चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला निकाय, व्यवसायी तथा सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।
सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्