नेकपाको घोषणापत्रमै राजनीतिक भूकम्प : भ्रष्टाचारविरुद्ध कठोर प्रहार, २०४६ पछिका सबै नेता छानबिनमा




काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। २२ कम्युनिष्ट तथा समाजवादी घटक एकीकृत भई बनेको नेकपाले ‘तारा’ चुनाव चिन्हसहित सुशासन, रोजगारी र समाजवादको तयारीलाई मुख्य एजेन्डा बनाएको छ।

घोषणापत्रमा २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, मन्त्रिपरिषद् २५ जनामा सीमित गर्ने र सांसदलाई विधायकी भूमिकामा केन्द्रित गर्ने प्रस्ताव गरिएको छ।

आर्थिक क्षेत्रमा पाँच वर्षभित्र १० प्रतिशतभन्दा बढी वृद्धिदर, प्रतिवर्ष ५ लाख रोजगारी र गरिबी ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। कृषि लगानी दशक, निःशुल्क शिक्षा–स्वास्थ्य, १५ हजार मेगावाट विद्युत् उत्पादन र काठमाडौं मेट्रो रेलजस्ता पूर्वाधार योजनाहरू पनि घोषणापत्रमा समेटिएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार