बाँके–३ बाट दिपक जिएमको उम्मेदवारीबारे चर्चा तीव्र




बाँके निर्वाचन क्षेत्र नं. ३ बाट दिपक जिएमको नामलाई लिएर राजनीतिक वृत्तमा चर्चा तीव्र बन्दै गएको छ। उहाँ हाल नेपाली कम्युनिस्ट पार्टी, बाँके जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनु भएको छ भने लामो समयदेखि निरन्तर रूपमा राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ।

दिपक जिएमलाई पार्टीभित्र मात्र नभई आम जनसमुदायमा पनि सरल, मनका धनी तथा समाजसेवी नेताको रूपमा चिनिन्छ। विशेषगरी कोरोना महामारीको कठिन समयमा बैजनाथ क्षेत्रमा उहाँले पुर्‍याएको योगदान स्थानीयवासीहरूले उच्च मूल्याङ्कन गर्ने गरेका छन्। राहत वितरणदेखि सामाजिक सहकार्यसम्म उहाँको सक्रियता उल्लेखनीय रहेको बताइन्छ।

शिक्षण पेसामा आबद्ध रहँदै समाजसेवामा सक्रिय दिपक जिएमले पछि शिक्षण पेसा त्यागेर राजनीतिलाई पूर्णकालीन रूपमा अँगाल्नु भएको हो। जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्ने र समाधानतर्फ पहल गर्ने उहाँको शैलीले उहाँलाई लोकप्रिय बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै बाँके–३ बाट दिपक जिएमको भूमिकाबारे चासो बढ्दै गएको छ। पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहे पनि, उहाँको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार