
कोहलपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वागेश्वरी बहुमुखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पसमा देखिएका विभिन्न शैक्षिक समस्याहरू समाधान गर्न क्याम्पस प्रमुख दान बहादुर हमाललाई ज्ञापन पत्र बुझाएको हो ।
अनेरास्ववियुले विद्यार्थीको हित र क्याम्पसको सुधारका लागि विगतका विभिन्न चरणमा पहल, आन्दोलन र कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको उल्लेख गर्दै यसपटक पनि शैक्षिक अव्यवस्थामाथि ध्यानाकर्षण गराएको अनेरास्ववियु वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष कुमार शाहीले बताए । ५ बुँदे माग सहित आफ्ना मागहरु राखी ज्ञापन पत्र बुझाएको हो ।
जसमा दैनिक पाठ्ययोजनाअनुसार नियमित पठन–पाठन सञ्चालन गर्नुपर्ने, छात्रवृत्ति फारम समयमै खोलिने र नतिजा समयमै प्रकाशन हुने व्यवस्था मिलाउनुपर्ने, क्याम्पसमा निरन्तर देखिँदो इन्टरनेट समस्या तत्काल समाधान गर्नुपर्ने, व्यवस्थित खेलकुद मैदान निर्माण गरी आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा विद्यार्थी प्रतिनिधित्व नहुँने अवस्थाको अन्त्य गर्दै छिटोभन्दा छिटो निर्वाचन गराउन विश्वविद्यालयसँग समन्वय गर्नुपर्ने लगायतमा मागहरु रहेका छन् ।
यस्तै अनेरास्ववियु वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका निर्वतमान स्वबियु अध्यक्ष देवेन्द्र बुढा, अनेरास्ववियु बाँके जिल्ला उपाध्यक्ष अमृत खत्री, महेन्द्र प्रकाश मल्लसहित अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्