खेलकुद मन्त्री अथकद्वारा खेल संरचनाको अनुगमन

दाङ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारको निरिक्षण गर्नुभएको छ । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुग्नुभएका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गर्नुभएको हो ।

राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि सहित बेलझुण्डि रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताउनुभयो । राज्यको करोडौं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएको बताउँदै मन्त्री अथकले सम्बन्धि स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुर्वाधारको मर्मत सम्भार तथा थप नया पुर्वाधार निर्माणकालागि आवश्यक बजेट बिनियोजन गरिने बताउनुभयो ।

ुहामिसँग प्रयाप्त मात्रमा खेल पुर्वाधारहरू छनु मन्त्री अथकले भन्नुभयो, उपलब्ध पुर्वाधारमै नवौं राष्ट्रिय खेलकुद परतियोगिता संचालन गर्न सम्भव छ, हामी त्यसको तयारीमा जुटेका छौं ।

अनुगमनका क्रममा मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि निर्माण गरिएका खेल संरचनाका साथै दाङ जिल्ला क्रिकेट संघको कार्यालय, घोराहि कभर्ड हल, राष्ट्रिय खेलकुद परिषदको कार्यालय तथा कार्यालयसँगै रहेको रंगशालाको सिन्थेटिक ट्रयाकको समेत अनुगमन गर्नुभएको थियो ।