काठमाडौँ। साउदी अरेबियामा सोमबार मध्यराति एक सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।
मक्काबाट मदीना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृतकहरुमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् ।
मृतकहरुमा अधिकांश हैदराबादका रहेको बताइएको छ । दुर्घटना मदीनाबाट १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हो । उक्त समय सबै यात्री सुतिरहेको र दुर्घटना हुँदा कसैको पनि ज्यान नजोगिएको बताइएको छ ।
तेलंगाना सरकारले रियादमा भारतीय दूतावासको सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले एक सूचना जारी गर्दै मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग सम्पर्कमा रहेर पीडितहरुको पहिचानका लागि सहयोग गर्न निर्देशन दिएको बताइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्