उवासंघ कोहलपुरले नगरपालिकालाई २५ थान दराज हस्तान्तरण




कोहलपुर । उद्योग वाणिज्य संघ कोहलपुरले नगरपालिकालाई २५ थान दराज हस्तान्तरण गरेको छ ।

जेन्जी (युवा पुस्ता) ले नेपालमा भदौं २३ र २४ गते सरकारी कार्यालय, व्यक्तिगत घरहरुलाई तोडफोड, आग्जनी र लुटपाट गरेका थिए ।

त्यसको सिकार कोहलपुर नगरपालिका समेत परेको थियो । नगरपालिकामा अधिकांश संरचनाहरु आग्लागी गरिएको थियो केही लुटपाट समेत भएको थियो ।

आग्लागीबाट खरानी भएको नगरपालिकालाई सञ्चालन गर्नका लागि विभिन्न दाताहरुले सहयोग दिने क्रम जारी छ ।

शुक्रबार एक औपचारीक कार्यक्रम गरी उवासंघका अध्यक्ष प्रदिप भट्टराईले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उवासंघका अध्यक्ष भट्टराईले उवासंघ कोहलपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै २५ थान दराज हस्तान्तरण गरेको बताए ।

नगरपालिकालाई सञ्चालन र व्यवस्थापन गर्न सहज र सजिलो बनाउन दराज हस्तान्तरण गरेको बताउँदै थप आवश्यक परे सहयोग गर्ने बताए ।

नगर प्रमुख आचार्यले स्वस्र्फूत रुपमा पालिका सञ्चालन र व्यवस्थापनमा सहयोग गर्नुभएकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा समेत समन्वय र सहकार्यमा निरन्तर हुने विश्वास दिलाए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार