
कोहलपुर । राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका छन् । राप्तीसोनारी ९ बुच्चापुरका स्थानियहरुले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका हुन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो ।
आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले कुनै पनि रेसपोन्स नगरेको भन्दै आक्रोस पोखेका स्थानियहरुले रेन्जरलाई कुटपिट गरेका हुन् ।
रेन्जरलाई कुटपिट गरेको भिडियो बनाउने क्रममा कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीमाथि भिडियो डिलिट गर्ने पठाई कुटपिट गरेका हुन् ।
समाचार संकलन गर्ने गएका कोहलपुर टुडेका पत्रकार शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै उनीहरुले कुटपिट गरेका हुन् ।
मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका दल बहादुर खड्कालाई समेत हातपात गरेका थिए भने दुई जना स्काउट समेतलाई घकलपकड गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्