बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग




कोहलपुर ।  बाँकेमा क्रियाशील अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चार सम्बद्ध संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मवज जोशीले पदिय मर्यादा विपरितका कार्य, अभिब्यक्ति र अस्वाभाविक व्यवहार देखाएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

बाँके स्थित नागरिक समाज सम्बद्ध विभिन्न नागरिक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको भेलाले गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जोशीमाथि आवश्यक कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीबाट पटक पटक सञ्चारजगत, कानुन ब्यवसायी, नागरिक समाज र अधिकारकर्मीहरु विरुद्ध अपमानजनक ब्यवहार भएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारी जोशीलाई सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न जाँदा दुव्र्यवहार गर्ने, नागरिक समाज सम्बद्धहरुको मानमर्दन गर्ने सेवाग्राही प्रति जिम्मेवार नहुने प्रवृत्ति देखिएको आरोप लगाइएको छ ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी जोशीले श्रृखलावद्ध रुपमा पदिय मर्यादा विपरित अभिव्यक्ति दिने, नागरिक मैत्री व्यवहार नगर्ने, सुशासनका आधारभुत मुल्य मान्यता विपरिक अस्वाभाविक व्यवहार गर्ने कार्य गरेकाले आवश्यक कारबाहीको माग समेत गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार