पुलबाट हाम फालेर १५ वर्षीया किशोरी कर्णालीमा बेपत्ता




कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोट घर भएकी १५ वर्षीया सिर्जना बटाला कर्णाली नदीमा बेपत्ता भएकी छन् ।

मंगलबार साँझ करिब ७ बजे कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेकी उनी अझै फेला परेकी छैनन् । खुलालु बजारमा व्यापार गर्दै आएका अनिपाल बटालाकी जेठी छोरी सिर्जना वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

दसैँ मनाउन घर गएकी उनी आन्तरिक परीक्षामा चार विषय लागेपछि मानसिक तनावमा रहेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए ।

प्रवक्ता बोहोराका अनुसार सिर्जनासँगै अर्की एक किशोरी पनि पुलबाट हाम फाल्ने तयारीमा थिइन् तर उनी पहिला नै बेहोस भएकी थिइन् । बेपत्ता किशोरीको खोजीका लागि स्थानीय र प्रहरीले लगातार खोजी कार्य जारी राखेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार