अनुमति विना जुलुस, प्रर्दशन र विरोध कार्यक्रम नगर्ने जिप्रकाको अनुरोध




कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति विना कुनै पनि जुलुस, प्रर्दशन र विरोध कार्यक्रम नगर्ने अनुरोध गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै अनुमति विना कुनै पनि जुलुस, प्रर्दशन र विरोध कार्यक्रम नगर्ने अनुरोध गरेको हो ।

जिल्ला प्रशासन बाँकेका प्रशासकिय अधिकृत विष्णु साहनीको हस्ताक्षरित सूचनामा भनिएको छ, ‘पूर्व स्वीकृति/अनुमति नलिइकन कुनै पनि प्रकारको जुलुस, प्रर्दशन विरोध कार्यक्रम कोही कसैले पनि आयोजना गरे त्यसको सम्पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने’ भनिएको छ ।

सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार