कोहलपुर–सुर्खेत यातायात सञ्चालन, सुर्खेतमा बैठक जारी




कोहलपुर । मृतक रित्तिक शाहीका आफ्न्तले कोहलपुर–सुर्खेत अनिश्चिकालिन यातायात बन्द गरेका थिए ।

तीन दिनसम्म ट्रकका साहु कोहलपुर इलाका प्रहरी कार्यालयमा सम्पर्क आएपछि प्रहरीकै सुरक्षामा सुर्खेतको छिन्चु इलाका प्रहरी कार्यालयमा लगिएको थियो ।

ट्रकका साहु सहित मृतकका आफ्न्त अहिले छलफलका चलिरहेको छ ।

कोहलपुरबाट सुर्खेत हुँदै अछाम जाने क्रममा नेपालगंज आउँदै गरेको ना ५ ख ५६०८ नं को ट्रकले सुर्खेतको पाण्डुले भन्ने ठाउमा ठक्कर दिँदा विद्यार्थी रित्तिक शाही (तिलक शाही) को घटना स्थलमै मृत्यु भएको थियो । ट्रक चालक र ट्रक प्रहरीकाे नियन्त्रण छ ।

मागहरु पुरा भए कोहलपुर–सुर्खेत यातायात सञ्चालन पूर्ण सञ्चालन हुने मृतकका आफ्न्त नेत्र शाहीले जानकारी दिए ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै मृतकका आफ्न्त शाहीले भने अहिले छलफलमै छौं, मागहरु पुरा भएको खण्डमा सहमति अनुसार काम हुन्छ अन्यथा पुनः आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने बताए ।

बुधबार कोहलपुर, सुर्खेत सडकखण्डमा १२ बजेदेखि साँझा ५ बजेसम्म अनिश्चितकालिन रुपमा बन्द गर्ने घोषणा गरेका थिए ।

कोहलपुरमा अध्ययन गरी रहेका विद्यार्थीहरु दशैं मनाउन अछाम जादै गरेका रित्तिक शाही (तिलक शाही) लाई ट्रकले ठक्कर दिँदा रित्तिक शाहीको मृत्यु भएको थियो ।

गम्भिर घाइते विद्यार्थी दमन शाहीको लखनउमा उपचार भइरहेको निजको अवस्था गम्भिर भएको उनका आफ्न्त हिक्मत शाहीले जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार