एसिया कप क्रिकेटः सुपर फोर चरणमा आज भारत र पाकिस्तान खेल्दै




दुवईमा जारी एसिया कप क्रिकेटमा सुपर फोर चरणका खेल अन्तर्गत दोस्रो खेलमा आज भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ ।

सो खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । लिग चरणको पछिल्लो खेलमा भारत पाकिस्तानमाथि सजिलै ७ विकेटले विजयी भएको थियो । गत मे महिनामा छिमेकी दुई देशबीच चार दिन चलेको द्वन्द्वपछि पहिलो पटक त्यो खेल भएको थियो । पाकिस्तानले भने यूएईलाई अपेक्षाअनुसार पराजित ग¥यो र अन्तिम चारका लागि छनोट भयो ।

जसले गर्दा आज भारत–पाकिस्तानबिच प्रतिस्पर्धा हुन लागेको हो । यसअघि हिजो भएको पहिलो खेलमा श्रीलंका र बंगलादेशबिच प्रतिस्पर्धा भएको थियो । जसमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार