Kohalpur Today Header Ads

एक लाख घुससहित दैलेखको डुंगेश्वरका लेखा अधिकृत अख्तियारको फन्दामा




 

सुर्खेत ।  दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको रातोपाटीलाई बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बुढाले भने, ‘एक लाख रकम सहित समाएको हो, बाँकी विवरण माथि केन्द्रीय कार्यालयले विज्ञप्ति निकाल्छ ।’पक्राउ परेका कार्कीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार