
काठमाडौँ । भदौ २४ गते जेनजीले गरेको आगजनीबाट नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय बचेको छ ।
प्रदर्शनकारीले आगजनी गरेको एक हप्तापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार केन्द्रीय कार्यालय अवलोकनको क्रममा पुस्तकालय र माइन्युट बचेको जानकारी दिए । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको उनले बताए ।
‘आगजनीबाट मजदुर, वाइसीएल लगायत भवनमा धेरै क्षति भएको छ । पार्टीको माइन्युट बचेको छ । पुस्तकालय र कम्प्युटर सुरक्षित रहेछ । यसलाई बचाउन भूमिका खेल्न सम्पूर्ण कमरेडहरूलाई धन्यवाद दिन चाहन्छु ।
पार्टी कार्यालयमा क्षति भयो । पार्टी सदस्यहरूको सहयोगमा भव्य कार्यालय बनाउँछौँ’, कार्यालय अवलोकनपछि उनले भने ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्