नवनियुक्त तीन मन्त्रीले लिए शपथ




सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले शपथ लिएका हुन् । खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ भने घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरूले शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथ ग्रहणमा भने देखिए । उनी हुन्- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए ।

तर सभामुख देवराज घिमिरे भने जेनजी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिन अघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे । उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार