Kohalpur Today Header Ads

आइतबारदेखि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हुने




सर्वोच्च अदालतमा आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बिहीबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्।

सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य सुरु गर्ने निर्णय गरेको हो।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

गत मंगलबार भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिब–करिब नष्ट भएका उल्लेख गर्दै सर्वोच्चले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्ताबेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारीसाधनलगायतमा अकल्पनीय क्षति पुग्न गएको छ। नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिबकरिब नष्ट हुन गएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार