जेनजी प्रर्दशन : बाँकेमा १० अर्ब बढीको क्षति




कोहलपुर । बाँकेको कोहलपुर र नेपालगन्जमा रहेका स्थानिय सरकारका कार्यालय सहित करिब दर्जन बढि सरकारी कार्यालयमा आगजन हुँदा करिब दश अर्व बढीको क्षति भएको अनुमान गरिएको छ ।

देशभरी बुधवार जेनजी प्रदर्शनको क्रममा बाँके जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट करिब १० अर्बको क्षति भएको अनुमान गरिएको छ ।

जेनजी प्रदर्शनकारीहरुको नाममा गरिएको आगजनी तथा तोडफोडबाट कोहलपुर नगरपालिका, आन्तिरिक राजस्व कार्यालय कोहलपुर, इलाका प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय लगायत ध्वस्त भएका छन् ।

ती कार्यालयमा रहेका सम्पूर्ण सामग्रीसहित कागजपत्र तथा सयौंको संख्यामा मोटरसाइकल र गाडीहरु पनि जलाएर ध्वस्त पारिएका छन् ।
ठुलो संख्यामा रहेको भिडले विभिन्न नाराहरु लगाउँदै ती सबै कार्यालयमा पुगेर त्यहाँ आगो लगाई सबै सामान तथा भवन जलाएर ध्वस्त बनाएका हुन् ।

सोमबार काठमाडौँदेखि देशको विभिन्न ठाउँहरुमा जेनजीहरुको प्रदर्शनमा बाँकेका दुई जनासहित १९ जनाको मृत्यु भएको आक्रोशमा युवाहरुले बुधवार बिहानैदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा टायर बालेर विभिन्न ठाउँहरुमा प्रदर्शन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार