रेडक्रस बाँसगढीको सभापतिमा शर्मा र सचिवमा अधिकारी चयन

रावन विश्वकर्मा, बर्दिया ।

नेपाल रेडक्रस सोसाईटी बाँसगढीको सभापतिमा नारायण प्रसाद शर्मा सर्वसम्मत चयन हुनु भएको छ । रेडक्रस सोसाईटी बाँसगढी उपशाखा बर्दियाको शनिबार भएको २८ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट नारायण प्रसाद शर्माको नेतृत्वमा ११ सदसिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख समेतको उपस्थितमा छनोट गरिएको उपशाखाको उपसभापतिमा मिना रिजाल, सचिवमा कृष्णराज अधिकारी, कोषाध्यक्षमा दिपेन्द्र लामिछाने, उपसचिवमा फणिन्द्र प्रसाद ढुंगाना, उपकोषाध्यक्षमा कृष्ण कुमारी चौधरी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा विना पौडेल, निरक बहादुर खत्री, आस्विन पौडेल, देबीसरा जैसी र धनिराम थारु सर्वसम्मत चयन गरिएको सचिव कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।