माध्यमिक तह बनाउन अभिभावकको प्रतिबद्धता : प्रअ खत्री

कोहलपुर ।

कोहलपुर नगरपालिका १३ मा रहेको बालशिक्षा आधारभुत विद्यालयलाई माध्यमिक तह सञ्चालन गर्न अन्तक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा अधिकांश अभिभावक, विव्यस, प्रअले माध्यमिक तह आवश्यक रहेको र केही व्यक्तिकाले सफल हुन दिँदैनन् की भन्ने डरले निष्र्कषमा भने पुगेन ।

सोही कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका १३ का वडा अध्यक्ष ओम प्रकाश वलीले माध्यमिक तह सञ्चालन गर्न विद्यालयका स्रोत साधनले धान्न सक्छकी सक्दैन त्यसको एकिन गरेर मात्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उनले मावि सञ्चालन अनुमति लिएर सञ्चालन गर्नुपछ भन्ने विचार ट्वाक भेनन् ।

यस्तै विद्यालय व्यवस्थापनका अध्यक्ष टेक बहादुर विश्वकर्माले कामको सुरुवात त हुन्छ तर जस नपाइने भन्दै गुनासो गरे । विद्यालयको पूर्वाधारदेखि खेलमैदानको निर्माण भयो तर यहाँका बासिन्दाहरुले कहिलैै पनि जस दिएनन् भन्दै आक्रोस पोखे । ‘माध्यमिक तह घर नजिकै हुन निकै राम्रो पक्ष हो, तर मेरो तर्फबाट पूर्ण समर्थन छ’ उनले भने, ‘बरु जती पैैसा उठाउनुपर्ने हो त्यसको लागि तयार छु ।’ अन्य अभिभावकले पनि यस्तै प्रतिबद्धता आवश्यक रहेको बताए ।

यस्तै बागेश्वरी क्याम्पसका पाठ्यक्रम विभागका प्रमुख एकराज शर्माले विद्यालयका विकास र समृद्धि गर्नका लागि सबै स्थानीय बासिन्दाहरु एकजुट हुनेपर्नेमा जोड दिएका थिए । विव्यवस अध्यक्ष, प्रअ, अभिभावक र विद्यार्थीहरुको संगमले नै विद्यालय फस्टाउने हो उनले भने त्यसमा कुनै एकले मात्र गरेर केही हुँदैन । त्यसैले यहाँका सम्पूर्ण बासिन्दाहरुलाई एकिकृत ढङ्गबाट अगाढि बढे मात्र नमूना विद्यालय बनाउन सकिने उनको भनाई थियो ।

यस्तै विद्यालयका प्रअ टर्क बहादुर खत्रीले अभिभावकको प्रतिबद्धता मात्र दिएपछि माध्यमिक तह बन्ने विश्वास दिलाएका छन् । ‘माध्यमिक तह सञ्चालन गर्नका लागि आर्थिक अभाव छ, ‘त्यसको लागि अभिभावकले नै सहयोग गर्नुपर्ने भएकोले अभिभावको प्रतिबद्धता अति आवश्यक हो’ उनले भने ।