सवारी दुर्घटनामा एक जनाको मृत्यु




बाँके।  बाँकेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

बाँकेको जानकी गाउँपालिका-४ नहरचोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने शुभ प्रसाद सोनीको छोरा ९ वर्षीय सुमर कुमार सोनीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार